एकैदिन तोलामा साढे २० हजारले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ ।

आज सुनको मूल्य तोलामै २० हजार ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ। हो इतिहासकै उच्च मूल्य हो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेर सात हजार ५०५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : माघ १५, २०८२ बिहीबार  ११ : ३२ बजे