काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
आज नेप्से परिसूचक १७.५३ अंकले घटेर २ हजार ७१४.०५ विन्दुमा बन्द भएको हो।
आज ३ करोड ५४ लाख ७७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज बैंकिङ ६.५७, विकास बैंक १३१.८१, वित्त ४५.८३, होटल ९८.९४, जीवन बीमा ८४.०८, उत्पादनमूलक २००.७१, लघुवित्त ३०.२७, निर्जीवन बीमा ७६.८३, अन्य २७.४० र व्यापार ६.७१ अंक घटेका छन् ।
आज ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ५ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।














