प्रत्यक्षतर्फको २५ जिल्लाको ३० लाख मतपत्र छपाई सकियोः निर्वाचन आयोग



काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी मतदाता नामावली र मतपत्र छपाइको कामलाई तिब्रता दिएको छ ।

आयोगले आईतवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतपत्र र मतदाता नामावली छपाईको कामलाई तिब्रता दिएको जानकारी दिए ।

उनकाअनुसार समानुपातिक तर्फको मतपत्र छपाईको काम सकिएको छ भने प्रत्यक्षतर्फको मतपत्रको छपाई शुरु भएको छ ।

हालसम्म प्रत्यक्षतर्फको २५ जिल्लाको ३० लाख मतपत्र छपाईको काम सकिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : माघ १८, २०८२ आईतबार  ७ : ५२ बजे