काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट जारी छ ।
आज सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेर पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














