प्रदीप अधिकारीलाई थुनामा पठाउने विशेष अदालतको आदेश सर्वोच्चले गर्‍यो सदर



काठमाडौं, २३ माघ । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सदर गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेषको आदेशलाई सदर गरेको हो ।

अधिकारीलाई विशेष अदालतले गत मंसिर २१ गते गते नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने गरी गरेको आदेश बदर गर्न माग राखेर अधिकारीले सर्वोच्चमा निवेदन दिएका थिए ।

अख्तियारले अधिकारीसँग उक्त भ्रष्टाचार काण्डमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो दाबी माग गरेको छ ।

प्रकाशित मिति : माघ २३, २०८२ शुक्रबार  ८ : १८ बजे