तोलामा ९ हजार ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको हो।

शुक्रबार २ लाख ९१ हजार रुपैयाँमा कारोवार भएको सुन आज ३ लाख ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : माघ २५, २०८२ आईतबार  १० : ४६ बजे