नेपालविरुद्ध पहिला इंग्ल्याण्डले ब्याटिङ गर्ने



काठमाडौं । आइसीसी टी २० विश्वकप क्रिकेटमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।

मुम्बईको वानखडे स्टेडियममा सुरु हुन लागेको खेलमा दुई पटकको च्याम्पियन टोली इंग्ल्याण्डले टस तिजेको हो ।

टस जितेर इंग्ल्याण्डले पहिला ब्याटिङ रोजे पछि नेपालले बलिङ गर्नु परेको हो ।

नेपाली टोलीको यो तेस्रो विश्वकप सहभागिता हो । पहिलो पटक सन् २०१४ मा विश्वकप खेलेको नेपालले दोस्रो पटक २०२४ मा खेलेको थियो ।

नेपाली टिमबाट युवा खेलाडी शेर मल्लले डेब्यु पाएका छन् ।

नेपाली टिम यस प्रकार रहेको छ ।

कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्सन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र शेर मल्ल ।

नेपालको खेल हेर्नका लागि मुम्बईमा नेपाली समर्थकहरुको बाक्लो उपस्थिति रहेको छ ।

प्रकाशित मिति : माघ २५, २०८२ आईतबार  ३ : २२ बजे