रेशम चौधरी चुनाव लड्न नपाउने, सर्वोच्चले दिएन अन्तरिम आदेश



काठमाडौं, २५ माघ । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्व्किार गरेको छ ।

चौधरीले निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गर्ने भनेर गरेको निर्णयविरूद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

आइतबार न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित बोलाएको थियो ।

सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै रेशम चौधरी अब चुनाव लड्न नपाउने भएका छन् ।

प्रकाशित मिति : माघ २५, २०८२ आईतबार  ७ : ४६ बजे