रवि लामिछानेलाई प्रशासनले भन्यो– आचारसंहिताविपरीतका गतिविधि नगर्नू



काठमाडौं । जिल्ला प्रशासन कार्यालय नवलवरासी (बर्दघाट सुस्ता पश्चिम)ले निर्वाचन आचारसंहिताविपरीतका गतिविधि नगर्न आग्रह गरेको छ ।

रास्वपाले आज जिल्लामा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ आयोजना  गर्ने सूचना प्राप्त भएको भन्दै प्रशासनले आज एक सूचना जारी गर्दै यस्तो यस्तो आग्रह गरेको हो ।

प्रशासनले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न, नगराउन लामिछानेलाई भनेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषनराज भण्डारीले अगामी फागुन २१ मा हुने निर्वाचनको आचारसंहिता लागू भइसकेको अवस्थामा निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गराउनका लागि आचारसंहिता पालना गर्न ध्यानार्कषण गरिएको बताए ।

प्रकाशित मिति : माघ २७, २०८२ मंगलबार  १० : २३ बजे