फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आउँदो फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी बुझाउन निर्देशन दिएको छ ।

आयोगले मंगलबार आचारसंहिताको दफा ३७ बमोजिम दलले आयोगमा र उमेदवारलाई निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन दिएको हो ।

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार २१ फागुनमा निर्वाचनमा भाग लिने दलहरूले निर्वाचन आयोगमा चुनावी घोषणापत्र पेस गर्नुपर्ने छ ।

यसका लागि आयोगले आगामी फागुन ३ गतेसम्मको समय दिएको छ ।

प्रकाशित मिति : माघ २७, २०८२ मंगलबार  ६ : २२ बजे