वित्तीय अपराधले अर्थतन्त्र र भावी पुस्तामाथि गम्भीर संकटः गभर्नर पोडेल



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय अपराध र सम्पती शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक संरचनामा गम्भीर असर पु¥याएको बताएका छन् ।

सम्पती शुद्धिकरण सम्बन्धी कार्यक्रमलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गभर्नर डा. पौडेलले विश्वव्यापी रूपमा वार्षिक ३।६ बिलियन डलर बराबरको राजश्व नोक्शानी गराउने वित्तीय अपराध र सम्पती शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक संरचनामा गम्भीर असर पु¥याएको बताए।

गभर्नरकाअनुसार वित्तीय अपराधको आर्थिक प्रभावभन्दा मानवीय मूल्य अझ बढी भयावह छ ।

प्रकाशित मिति : माघ २८, २०८२ बुधबार  २ : ०० बजे