काठमाडौं । नेपालले आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत वेस्ट इन्डिज विरुद्धको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ।
वाङखडे स्टेडियममा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो ।
जारी विश्वकपमा नेपालले लगातार तेस्रो खेलमा टस हारेको हो।
इटाली विरुद्धको टोलीमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ। ललित राजवंशीको ठाउँमा सोमपाल कामी प्लेइङमा समेटिएका छन्।














