काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सफल पार्न आह्वान गरेका छन् ।
मंगलबार शीतल निवासमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै भएको उल्लेख गर्दै फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन आग्रह गरेका हुन्।
उनले भने ‘सुशासनमार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुन्छ । त्यसैका लागी लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भएकोले फागुन २१ गतेको लागी तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सफल पार्न आजको यस पावन अवसरमा म सबैलाई आह्वान गर्दछु ।’
उनले सुशासनमार्फत समृद्धि आउने र समृद्धिबाट मुलुकमा शान्ति, स्थायित्व, राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गरे।














