दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कम्तीमा चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले निर्वाचनका बेला अफवाह फैलाएर शान्ति सुरक्षाविरुद्धको कसुर गरेको भन्दै अनुसन्धानका लागि प्रसाईलाई हिरासतमा राख्न अनुमति दिएको हो।

प्रसाईं सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।

भक्तपुरबाट पक्राउ गरी प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । प्रसाईंले निर्वाचनसम्बन्धी अफवाह फैलाएको आरोप छ ।

प्रकाशित मिति : फाल्गुन ५, २०८२ मंगलबार  ३ : ५८ बजे