काठमाडौ. । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले २१ फागुनको निर्वाचनपछि आफ्नो सरकार बने व्यक्तिगत आयकरमा व्यापक सुधार गर्ने घोषणा गरेका छन्।
बिहीवार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हून् ।
उनले वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने घोषणा प्रतिज्ञा गरे।सभापति थापाले उच्च दरको करका कारण लगानी र उपभोगमा परेको असरलाई कम गर्न हाल कायम रहेको अधिकतम ३० प्रतिशतको आयकरलाई घटाएर २५ प्रतिशतमा झार्ने योजना सुनाए।
नेपाललाई विदेशी लगानीको आकर्षक केन्द्र बनाउन केवल भाषण गरेर मात्र नहुने तर्क गर्दै उनले नीतिगत सुधार र कर प्रणालीको सरलीकरण अनिवार्य रहेको बताए। करका सबै प्रकारका दरहरूलाई झन्झटमुक्त र लगानीमैत्री बनाउनु नै कांग्रेसको मुख्य आर्थिक एजेन्डा रहेको उनको दाबी छ।














