रास्वपाको भैरहवामा हुने चुनावी सभा स्थगित



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा फागुन ९ गते गर्ने भनिएको चुनावी सभा स्थगित भएको छ ।

रास्वपाका उपसभापति डोल प्रसाद अर्यालले प्रदेश समन्वय सचिव अर्जुन अधिकारीलाइृ पत्राचार गर्दै भोलिको सभा स्थगन गरिएको जानकारी गराएका छन् ।

अर्यालले गरेको पत्राचारमा भनिएको छ,‘उपरोक्त सम्बन्धमा प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ को तयारीको क्रममा यही फागुन ९ गते रुपन्देहीको भैरहवामा परिवर्तन उद्घोष सभा गर्ने भनिएकोमा संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनैतिक व्यवस्थापन लगायतका विशेष कारण उक्त कार्यक्रम हालका लागि स्थगन् गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराउँदछौं । यस निर्णयबाट यहाँहरुमा पर्नसक्ने असुविधाप्रति हार्दिक क्षमायाचना व्यक्त गर्दै यहाँहरुको साथ, सहयोग तथा सहकार्यको अपेक्षा गर्दछु ।’

प्रकाशित मिति : फाल्गुन ८, २०८२ शुक्रबार  १ : ०८ बजे