वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु



११ फागुन, पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको छ ।

आइतबार साँझ पार्किङका विषयमा सुरु भएको व्यक्तिगत विवाद युवा समूह बीचको झडपमा परिणत भएपछि बिहान ९: ४५ बजेदेखि अर्को आदेश नभइसम्मका लागि कर्फ्यु लगाइएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार ९फागुन ११० बिहान ९ः४५ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ लगायतका गतिविधि गर्न रोक लगाइएको छ ।

तर अत्यावश्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थीहरु, परीक्षा केन्द्रमा खटिने कर्मचारीहरु, पर्यटक सवार गाडीहरु र मानव अधिकार तथा कूटनीतिक नियोगका गाडीहरुलाई पनि सन्चालन अनुमति दिइएको छ ।

प्रकाशित मिति : फाल्गुन ११, २०८२ सोमबार  ११ : ५३ बजे