शिक्षक तथा कर्मचारीहरुलाई आयोगको चेतावनीः प्रचारप्रचारमा हिँडे कडा कारबाही हुन्छ



काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार लगायतका गतिविधिमा संलग्न हुने शिक्षण संस्थामा आवद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीहरुलाई कडा कारबाही हुने चेतावनी दिएको छ ।

सोमवार निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कुनै राजनीतिक दल वा उम्मेदवारहरुको प्रचार प्रसारमा उनीहरु सहभागी भएको उजुरी आएको उल्लेख गर्दै उनीहरुलाई कानून बमोजिम कडा कारबाही हुने चेतावनी दिएका हुन् ।

आयोगले निर्वाचन आचारसंहिता र सो सम्बन्धि कानूनी व्यवस्थामा उनीहरुको पदसम्म नरहने गरी कारबाही हुने व्यवस्था भएकाले त्यस्ता खालका गतिविधिमा सहभागी हुन पनि शिक्षक, प्राध्यापकहरुलाई सचेत गराएको छ ।

प्रकाशित मिति : फाल्गुन ११, २०८२ सोमबार  ७ : ०८ बजे