कांग्रेसका ठुला चुनावी सभा कहिले कहाँ ?



काठमाडौं। नेपाली कांग्रेसले देशका विभिन्न पाँच स्थानमा चुनावी सभा गर्ने भएको छ।

कांग्रेसले फागुन ६ गते जनकपुरमा पहिलो चुनावी सभा गरी चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेपछि देशका विभिन्न प्रमुख शहरमा पनि सभा गर्ने तयारी गरेको हो।

कांग्रेसले काठमाडौं, सुर्खेत, बाँके, रूपन्देही, र पोखरामा चुनावी सभा गर्न लागेको हो।

कांग्रेस स्रोतका अनुसार पार्टीले ५ स्थानमा ठूला चुनावी सभा गर्ने तयारी रहेको छ ।जसअनुसार फागुन १४ गते सुर्खेत, बाँके र रूपन्देहीमा गरी तीन स्थानमा चुनावी सभा हुनेछ । त्यस्तै फागुन १५ गते पोखरामा र फागुन १७ गते काठमाण्डौंमा चुनावी सभा गर्ने कांग्रेसको तयारी रहेको छ ।

प्रकाशित मिति : फाल्गुन १३, २०८२ बुधबार  १० : ५३ बजे