काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् ।
त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल स्रोतका अनुसार देउवा गएराति ११ः३० बजे सिंगापुर एयरलाइन्सको जहाजमार्फत सिंगापुर प्रस्थान गरेका हुन् ।
आम निर्वाचन आउन एक साता मात्र बाँकी रहेको अवस्थामा देउवा एक्लै सिंगापुर प्रस्थान गरेका हुन् ।
उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक नगरिए पनि नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारका लागि उनी सिंगापुर गएको स्रोतले जनाएको छ ।














