शक्ति बस्नेत, निकोलस भुसाल र श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगको २५ हजार जरिबाना



काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने २ उम्मेदवार र एक राजनीतिक दललाई कारवाही गर्ने निर्णय गरेको छ ।

केन्द्रिय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा। निकोलस भुसाललाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै २५ हजार रुपैया जरिवाना गर्ने निर्णय गरेको हो ।

त्यसैगरी श्रम शक्ति नामको राजनीतिक दललाई पनि २५ हजार रुपैया जरिवाना गर्ने निर्णय गरेको हो ।

बिहीवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै केन्द्रिय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहेका निर्वाचन आयुक्त सगुन समशेर जबराले दुई जना प्रतिनिधि सभा सदस्य उम्मेदवार र एक राजनीतिक दललाई कारवाही गरिएको जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन १४, २०८२ बिहीबार  ६ : ३८ बजे