काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पार्टीले देशलाई बदल्न चाहेको बताएका छन् ।
शुक्रवार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उनले सो कुरा बताएका हून् ।
शर्माले भने, ‘हामी देशलाई बदल्न चाहन्छौँ । त्यसकारण सबभन्दा पहिले राजनीतिलाई बदलौँ । नेपाली कांग्रेस पार्टीले संकल्प गरेको छ– हामी राजनीतिलाई बदल्न चाहन्छौँ । राजनीतिको शैली बदल्न चाहन्छौँ । संस्कारलाई बदल्न चाहन्छौँ । राजनीतिको यो चुनावको मैदानमा हाम्रो लागि कोही पनि दुश्मन छैनन्,।
उपसभापति शर्माले चुनावीमा मैदानमा प्रतिस्पर्धामा रहेका कुनैपनि दलहरुलाई दुश्मनीको रुपमा लिन नहुने समेत बताए ।














