कर्मचारीमाथि हातपात गर्न खोजेपछि दोलखामा हवाई फायर



काठमाडौँ । दोलखाको तामाकोशीस्थित एक मतदान केन्द्रमा विवाद हुँदा हवाई फायर गरिएको छ ।

मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

“निर्वाचन खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फार भएको हो,” दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले भने ।

प्रकाशित मिति : फाल्गुन २१, २०८२ बिहीबार  ११ : २० बजे