सुर्खेत १ मा नेपाली कांग्रेसका बिष्णु बहादुर खड्का ८५६ मतले अगाडि



सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका बिष्णुबहादुर खड्काले साढे ८ सयको मतान्तर सहित अगाडि रहेका छन् ।

कांग्रेसका खड्कालाई एमालेका ध्रुवकुमार शाहिले पछ्याईरहेका छन् ।

६ हजार २५९ मत गणना हुँदा नेपाली कांग्रेसका खड्काले २ हजार ५१० मतल्याएका छन् भने नेकपा एमालेका ध्रुवकुमार शाहीले १ हजार ६५४ मतले पछ्याएका छन् ।

रास्वपाका टेकबहादुर सिंहले १ हजार ४४२ मत ल्याउदा नेकपाका जितबहादुर रानाले २५४ मत ल्याएका छन् ।

प्रकाशित मिति : फाल्गुन २२, २०८२ शुक्रबार  ४ : ०१ बजे