ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्तेष्टि (तस्बिरहरु)



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिक शरिरलाई पशुपतिमा अन्तेष्टि गरिएको छ ।

उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।

अन्त्येष्टि क्रममा उनका छोरा एवं एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दागबत्ती दिएका थिए ।

ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको थियो ।

प्रकाशित मिति : फाल्गुन २९, २०८२ शुक्रबार  १ : ५५ बजे