लोकतान्त्रिक मूल्य र श्रमिकका अधिकार रक्षामा ट्रेड युनियन दृढ छ : महासचिव अधिकारी



काठमाडौ । नेपाल निजामति कर्मचारि संगठनका महासचिव रामचन्द्र अधिकारीले लोकतान्त्रिक मूल्यसहित श्रमिकका अधिकार रक्षामा ट्रेड युनियन दृढ रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्बजनिक गर्दै महासचिव अधिकारीले यस्तो बताएका हुन् ।

पछिल्लो समय विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्तरका ट्रेड युनियनहरूका सम्बन्धमा आएका अभिव्यक्ती तथा टिका टिप्पणीप्रति ध्यानाकर्षण भएको भन्दै उनले ट्रेड युनियनहरूको ऐतिहासिक योगदान र गरिमालाई अबमूल्यन गर्ने प्रयास नगर्न आग्रह गरेका छन् ।

अधिकारीले भनेका छन्, ‘ट्रेड युनियनहरू लोकतान्त्रिक पद्धतिमा आधारित रहदै नेपालको संविधान,सम्वन्धित ऐन,कानुन अनुसार बैधानिक रूपमा स्थापना भएका संस्था हुन्, जसले श्रमिक तथा कर्मचारीका अधिकारको संरक्षणका साथै राज्यको सेवा प्रवाहलाई थप प्रभावकारी र उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।’

नेपालको सार्वजनिक प्रशासन ट्रेड युनियनका कारणले मात्र समस्यामा नपरेको दाबि गर्दै उनले सार्वजनिक प्रशासनका समस्यामा सार्वजनिक बहस गर्न पनि माग गरेका छन् ।

अधिकारीले थप भनेका छन्, ‘एकले अर्कोलाई दोषारोपण गरेर होईन कहि कतै कसैको कमी कमजोरी भए सार्वजनिक बहस गरौ र सबै मिलेर सार्वजनिक प्रशासनलाई सुधार गर्दै राष्ट्र र जनताको हितलाई सर्वोपरी ठान्दै सेवा प्रवाहलाई ब्यबस्थित गर्दै जानुपर्छ ।’

प्रकाशित मिति : चैत्र १, २०८२ आईतबार  १२ : ५५ बजे