काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा



काठमाडौं। नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिमबाट सुरु भएको वर्षा विस्तारै पूर्वतर्फ सर्दै गएको हो।

काठमाडौंमा पनि वर्षा सुरु भएको छ ।

आज देशका हिमाली क्षेत्रका केही स्थानमा  मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनुका साथै थोरै क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित मिति : चैत्र १, २०८२ आईतबार  १२ : ५२ बजे