काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ।
बैठक आज वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सुरू भएको हो ।
बैठकमा पार्टी सभापति रवि लामिछाने भने स्वास्थ्य अवस्थाका कारण भर्चुअल तरिकाबाट जोडिएका छन् ।
आजको बैठकले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम नामावली तय गरी निर्वाचन आयोगलाई बुझाउने निर्णय गर्ने जनाइएको छ।














