काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनकै निवास पुगेकी छन् ।
प्रधानमन्त्री कार्कीसँगै उनका पति दुर्गा सुवेदी पनि गुण्डु पुगेका हुन् ।
ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो ।
आजै ओलीलाई समवेदना दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि गुण्डु पुगेकी थिइन् ।














