काठमाडौं, १ चैत्र । सर्वोच्च अदालतले धनुषा–१ मा रास्वपाका उम्मेदवार किशोरी साह कमलले मागे अनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले आइतबार (चैत १) साहको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
धनुषा–१ मा निर्वाचन आयोगले नेकपाका मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।
कर्जा सूचना केन्द्रले किशोरीको नाम कालोसूचीमा राखेका कारण निर्वाचन आयोगले गत फागुन १८ गते उमेदवारी खारेज गरेको थियो ।
रास्वपाका साहले आयोगको निर्णय खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्चले उनको पक्षमा अन्तरिम आदेश नदिएपछि निर्वाचन आयोगले विजयी घोषित गरेका नेपाली कम्युनिस्ट पार्टीका मातृका यादवले मान्यता पाएका छन् ।
धनुषा–१ मा निर्वाचन आयोगले नेकपाका मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिसकेको छ ।














