काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की अन्तत: नेपालि जनताले अस्विकार गरेका विकृतिलाई निरन्तरता दिदै बिदा हुने भएकी छन् । सरकार छोड्ने दिन नजिकिदै गर्दा प्रधानमन्त्री कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आफ्ना स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई नियुक्त गरेकी छन् । तेस्तै गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सरकारको तर्फबाट सिफारिस गरेकी छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त भएका कार्कीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ सबोच्च अदालतमा रहँदा नै विवादित कर्मचारि हुन् । श्रेष्ठ प्रधानमन्त्री कार्कीको स्वकीय सचिव भएपछि पनि सरकारि नियुक्तिमा हस्तक्षेप, भ्रष्टाचारका मुद्दा लुकाउन राष्ट्रिय सर्तकता केन्द्रलाई दबाब दिएको जस्ता विषयमा लगातार बिबादमा छन् । श्रेष्ठसँग राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष बन्ने खालको अध्यन, योग्यता, क्षमता र योगदान केहि नभएको र प्रधानमन्त्री कार्कीसँगको निकटतानै उनका लागि बरदान भएको खुलेआम देखिन्छ ।
प्रधानमन्त्री कार्कीले उनलाइ राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गरेर योग्यता क्षमता र योगदान नहेरि आफू निकट भएकै भरमा राज्यका महत्वपुर्ण पदमा नियुक्ति दिने र सार्वजनिक सम्पत्तिको दोहन गराउने पुर्णत: अस्विकृत शैलिलाइ निरन्तरता दिएर बिबादित हुदै बिदा हुने भएकी हुन् ।
परिवर्तन खोजेका जनताले गरेको जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकि कार्किको यो निर्णयले जनतालाई निराश र आक्रोशित त बनाएको छ नै भर्खरै जनताबाट अनुमोदित नयाँ शक्तिहरुप्रति पनि पनि शुरुवातमै नराम्रो छाप परेको छ ।
कार्कीका यस्ता खाले निर्णयपछि अहिले उनको तीब्र आलोचना भइरहेको छ। मिडिया, सामाजिक सञ्जाल सर्बत्र उनको कडा आलोचना शुरु भएको छ ।
जेनजी आन्दोलनको अर्गमोर्चामा रहेकी रक्षा बमले प्रधानमन्त्री कार्कीमाथि प्रश्न गदै भनेकि छन्, ‘सडकमा सुशासनका लागि, नातावाद र कृपावादको विरुद्ध नारा लगाउँदै मेरा जेनजी साथीहरूले छाती र टाउकोमा गोली खाए। मसँगै हजारौँ साथीहरूले आफ्नो ज्यानको प्रवाह नगरी छातीमा गोली थाप्न सडकमा उत्रिए। केका लागि थाहा छ ? यो देशले, विस्तारै भए पनि, सुशासनको सास फेर्न पाओस् भन्ने सपनाका लागि। प्रधानमन्त्री र मन्त्रीज्यूहरूले आफ्ना मान्छेलाई बिदाइ उपहार स्वरूप परिषद्, विभाग वा समितीका कुर्सीहरू बाडफाटँ गर्नका लागि होइन ।’
जेनजी आन्दोलनको अर्गमोर्चामा रहेका तनुजा पाण्डे, पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका महावीर पुन, गुल्मी १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सागर ढकाल लगायतले पनि कार्कीको निर्णयमाथि प्रश्न उठाएका छन् ।
महावीर पुनले कोषको अध्यक्षमा प्रधानमन्त्रीको स्वकीय सचिवको नियुक्ति गलत रहेको बताउदै प्रधानमन्त्रीको प्रतिष्ठा धुलोमा मिसिएको टिप्पणी गरेका छन्।
कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गरेका उनका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठप्रति वन जंगल र प्रकृति संरक्षणको क्षेत्रमा काम गर्नेहरुले पनि आक्रोश पोखेका छन् ।
नेपाल वातावरण समाजले कार्कीको निर्णयको कडा आलेचना गरेको छ । समाजले वन जंगल र प्रकृति संरक्षणको क्षेत्रमा काम गरेका हजारौं बिज्ञहरुको बिज्ञताको खिल्ली उडाउदै मानमर्दन गरेको आरोप लगाएको छ ।
समाजले चुनाब गराउँन बनेको सरकारले गरेको हर्कतले लज्जाबोध गरेको उल्लेख गरेको छ ।














