काठमाडौँ । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लागेका कांग्रेसका पूर्व सांसद सन्तोष चालिसेलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
अख्तियार दुरुपयोग अनुन्धान आयोगले दायर गरेको गैरकानुनी आर्जनको मुद्दामा सोमबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइराको संयुक्त इजलासले चालिसेलाई पछि ठहरेबमोजिम हुने गरी पाँच लाख धरौटीमा छाड्ने आदेश गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।
उनी गोकर्णेश्वर नगरपालिकामा पूर्वमेयरसमेत हुन् ।














