रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै



काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदैछ।

न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबार सुनुवाइ सुरु भएको थियो ।

यसअघी मंगलबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

मंगलबार लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शुसिल पन्त, रमनकुमार श्रेष्ठ र अधिवक्ताहरू दिपेन्द्र झा लगायतले बहस गरेका थिए ।

प्रकाशित मिति : चैत्र ५, २०८२ बिहीबार  १० : २९ बजे