कांग्रेसको छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समूहको निर्णय



काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले छुट्टै केन्द्रीय कार्य समितिको बैठक बोलाउने भएको छ।

आइतबार धुम्बाराहीस्थित एक होटलमा बसेको देउवा समूहका केन्द्रीय कार्य सम्पादन समितिमा रहेका नेताहरूबीचको परामर्श बैठकले केन्द्रीय कार्य समितिको बैठक बोलाउने निर्णय गरेको हो।

पूर्णबहादुर खड्का, शेखर कोइराला, शशांक कोइराल, विजय गच्छदार, बालकृष्ण खाँणसहितका नेताहरु उपस्थित् रहेको बैठकले पार्टीको आधिकारिकताको विवाद अदालतमा विचाराधिन रहेको भन्दै अब १४औं महाधिवेशनबाट निर्वाचित कमिटीको बैठक बस्ने र अघि बढ्ने निर्णय भएको मीन विश्वकर्माले जानकारी दिए ।

उनकाअनुसार आजको बैठकले केन्द्रीय समिति बैठकको मिति तय गर्ने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिईएको छ ।

प्रकाशित मिति : चैत्र ८, २०८२ आईतबार  २ : ५३ बजे