काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता गरेको आरोपसहित तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार कुल २३ प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको हो।
उनका अनुसार ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो माग दाबी गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका तत्कालिन सचिव केदाबहादुर अधिकारी, नेपाल नगारिक उड्ययन प्राधिकरणका तत्कालिन महानिर्देशकहरु संजिव गौतम, राजन पोखरेल र प्रदिप अधिकारीसमेत गरि २१ जना, ठेकेदार कम्पनी चाईना सिएएमसी ईन्जिनियरिङ कम्पनी लिमिटेड र परामर्शदार्ता ईआरएमसी/ए–नट/स्लेट जेभीउपर सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुरयाई भ्रष्टाचार गरेको भनेर अख्तियारले आज आरोपपत्र विशेष अदालतमा दायर गरेको हो ।














