रास्वपा संसदीय दलको नेतामा बालेन शाह चयन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बरिष्ठ नेता बालेन्द्र शाह चयन भएका छन्।

आज बसेको रास्वपा केन्द्रीय समिति बैठकबाट संसदीय दलको नेतामा बालेन सर्वसम्मत रुपमा चयन भएका हुन्।

आज बसेको बैठकमा सभापति रवि लामिछानेले शाहलाई दलको नेतामा चयन गर्न राखेको प्रस्ताव सर्वसम्मत् रुपमा पारित भएको हो ।

प्रकाशित मिति : चैत्र १२, २०८२ बिहीबार  ४ : ५७ बजे