ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखेकलाई पक्राउ गरेर प्रहरी परिसर भद्रकाली पुर्याइएको छ ।

दुवै जनालाई पक्राउ गरी भद्रकालीस्थित जिल्ला प्रहरी परिसर ल्याइएको छ ।

शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओली र लेखकलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । यससँगै ओली र लेखकलाई पक्राउ गरेको छ ।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व प्रधानमन्त्री केपी ओली र रमेश लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

प्रकाशित मिति : चैत्र १४, २०८२ शनिबार  ८ : १६ बजे