रमेश लेखकलाई रिहा गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता



काठमाडौं । कांग्रेस नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ ।

गैरकानुनी पक्राउ गरी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको हो ।

भदौ २३ र भदो २४ गतेको जनेजी घटनामा जाँचबुझ आयोगले कारबाहीको लागि सिफारिश गरेपछि बालेन शाह नेतृत्वको सरकारले उनलाई पक्राउ गरेको हो ।

उनलाई आज म्याद थपको लागि अदालत उपस्थित् गराईएको थियो ।

प्रकाशित मिति : चैत्र १५, २०८२ आईतबार  ४ : ५३ बजे