काठमाडौं, १५ चैत्र । पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
पूर्वमन्त्री दीपक खड्का सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले खड्कालाई आज विहान पक्राउ गरेको हो ।
सिआईबीले खड्कासँग बयानसमेत लिन सुरु गरिसकेको छ ।














