लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा पक्राउ



काठमाडौँ। लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा पक्राउ परेकी छन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति काठमाडौँको धुम्बाराहीस्थित निवासबाटै पक्राउ गरेको हो ।

शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरुद्धको कसुर गरेको आरोप छ।

बालेन्द्र शाह काठमाडौं महानगरको मेयर भएको समय उनको घरबाट एक बालिकालाई उद्धार गरिएको थियो।

प्रकाशित मिति : चैत्र १६, २०८२ सोमबार  ७ : ४९ बजे