काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकको बयान सुरु भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयमा आजबाट लेखकको बयान सुरु भएको हो ।
भदौ २३ र २४ गतेको घटनामा दमन गरेको आरोपमा जाँचबुझ आयोगको प्रतिवेदनमा सिफारिस भएअनुसार प्रहरीले उनलाई चैत १४ गते पक्राउ गरेको थियो ।
पक्राउ परेका पूर्वगृहमन्त्री लेखकको परिसरमा बयान सुरु भएको सहन्यायाधिवक्ता रामहरि काफ्लेले जानकारी दिए ।














