पूर्णबहादुर खड्कालक्षित कांग्रेसको चेतावनी– फेरि लेटरहेड दुरुपयोग गरे कारबाही हुन्छ



काठमाडौं। नेपाली कांग्रेसले पूर्णबहादुर खड्कालाई कारबाही गर्ने चेतावनी दिएको छ ।

कांग्रेसको अनुशासन समितिले खड्काप्रति संकेत गर्दै फेरि पनि लेटरहेड प्रयोग गरे कारबाही गर्नेनिर्णय गरेको अनुशासन समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार समितिको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन –२०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लङ्घन गरेमा यही चैत्र मसान्तभित्र उजुरी पठाउन निर्देशन दिएको छ ।

उनले भने,‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लङ्घन गरेका भए सोको उजुरी चैत्र मसान्तभित्र नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन गर्छ ।’

त्यस्तै उनले छानविनबाट वर्गिकरण गरिएका उजुरीको हकमा अुनशासन उल्लङ्घन गरिएको भनि आरोप लागेका व्यक्तिहरुबाट सात दिनभित्र स्पष्टिकरण तथा सफाई माग गर्ने निर्णय गरेको पनि जानकारी दिए ।

प्रकाशित मिति : चैत्र १८, २०८२ बुधबार  ४ : १८ बजे