एमाले अध्यक्ष ओलीलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति



१९ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई थप २ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले उक्त आदेश दिएको हो ।

सरकारले ओलीलाई चैत १४ गते भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलन जाँचबुझ आयोगले ओलीमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सिफारिस गरेको थियो ।

आयोगको सिफारिस अनुसार पक्राउ गरिएका ओलीलाई त्रिवि शिक्षण अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ ।

प्रकाशित मिति : चैत्र १९, २०८२ बिहीबार  ७ : ३५ बजे