कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने



काठमाडौँ। नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ ।

सत्तापक्षसँग संसद्‍मा सुविधाजनक अंक रहेको र सभामुख साझा व्यक्ति पनि भएको हुँदा सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

“संसद् मर्यादित र निष्पक्ष ढंगले चलाउने दायीत्व सभामुखमा रहेको हुँदा संसद्को गरिमा थप बढ्ने अपेक्षा सहित उम्मेदवारी नदिने निर्णय गरेका हौं,” उनले भने ।

प्रकाशित मिति : चैत्र २०, २०८२ शुक्रबार  १२ : ४७ बजे