आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने सरकारको निर्णय



काठमाडौँ । सरकारले नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैठकले आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट लागू हुने निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र २२, २०८२ आईतबार  २ : ५६ बजे