काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पुनः पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
यसअघि अदालतले चैत १९ मा दुई दिन थुनामा राख्न आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालतले ओली र लेखकलाई पुनः पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस अनुसार प्रहरीले गत शनिबार ओली र लेखकलाई पक्राउ गरेको थियो ।














