प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठकको निर्णय



काठमाडौं । संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन आज बसेको सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको बैठकले प्रतिनिधिसभा नियमावली २०७९ संशोधन गरेर नयाँ बनाउने निर्णय गरेको हो ।

यस्तै, २१ सदस्यीय कार्यव्यवस्था परामर्श समित बनाउने निर्णय पनि बैठकले गरेको छ । प्रतिनिधिसभा नियमावलीमा २१ सदस्य रहने व्यवस्था छ ।

आजकै बैठकले संसदको कामकारबाहीलाई डिजटल बनाउँदै लैजाने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : चैत्र २३, २०८२ सोमबार  १ : २० बजे