राष्ट्रियसभा उपाध्यक्षमा एमाले सांसद भण्डारी निर्विरोध निर्वाचित



काठमाडौं । नेकपा (एमाले)की सांसद लिलाकुमारी भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन् ।

सोमवार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले सांसद भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले पारित भएको हो ।

भण्डारी राष्ट्रिय सभाको उपाध्यक्ष निर्विरोध निर्वाचित भएको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।

प्रकाशित मिति : चैत्र २३, २०८२ सोमबार  २ : ४७ बजे