राप्रपाले उपसभामुखमा उम्मेदवारी दिने



काठमाडौं। राप्रपाले उपसभामुख पदमा उम्मेदवारी दिने भएको छ ।

राप्रपाका एक नेताका अनुसार सांसद सरस्वती लामालाई उम्मेदवार बनाउने योजना छ। लामा राप्रपाको समानुपातिक तर्फबाट सांसद बनेकी हुन् ।

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगका हुनुपर्ने प्रावधान छ। हाल सभामुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएकाले उपसभामुख अर्को दलबाट चयन हुनुपर्ने अवस्था छ ।

यसै सन्दर्भमा रास्वपाले अन्य ठूला दललाई समर्थन नगर्ने संकेत दिएपछि राप्रपाका नेताहरूले रास्वपासँग समर्थनका लागि छलफल अघि बढाएका छन्।

प्रकाशित मिति : चैत्र २६, २०८२ बिहीबार  १ : ३९ बजे