काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छिन् ।
समानुपातिक सांसद लामाले बिहीवार तोकिएको समयभित्र उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी हून् ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा नै उम्मेदवारी दर्ता गएको राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले जानकारी दिइन् ।
सभाको सभामुख रास्वपाबाट भएको कारण संवैधानिक व्यवस्थाअनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख हुनुपर्ने व्यवस्था छ । ओलीले आफूले उपसभामुख पद लिन नचाहेकै कारण पार्टीले लामालाई अघि सारेको जिकिर समेत गरिन् ।














